बुटवल पावरको कहिले बस्दैछ साधारण सभा?
बुटवल पावर कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते साधारण सभा बोलाएको छ। सभा कार्की ब्याङ्कवेट, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजना सहित ७.५० प्रतिशत नगद लाभांश गरी जम्मा १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्नेछ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Comments