नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य समायोजन पछिको भाउ कति?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ ३०२.१० रूपैयाँ कायम भएको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३१७.२० रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरेको हो । सोमबार समायोजित मूल्यलाई आधार मानेर यसको कारोबार खुल्नेछ ।
Comments