यस साता नेप्सेमा बन्यो 'बियरिश ह्यामर क्यान्डल', आगामी हप्ता नेप्सेको दिशा कता?

गत साता १.८१%  ले घटेको नेप्से यो साता पनि ०.८२% ले घटेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १८८३.६५ को बिन्दुमा खुलेको नेप्से १८८३.६५ को उच्च बिन्दुसम्म पुगेको थियो। नेप्सेले यस साता करिब १५ अङ्क गुमायो। हप्ताको अन्तिम कारोबार दिन लगभग ० अंक घटेर नेप्से १८६७.२१ मा बन्द भएको छ।

यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )

टप ब्रोकर

प्राविधिक विश्लेषण

NEPSE WEEKLY UPDATE: DEC 23, 2022

 

अघिल्लो साता 'बियरिश माराबोजु क्यान्डल' बनाउँदै ओरालो लागेको नेप्सेले यो साता भने  'बियरिश ह्यामर क्यान्डल' बनाएको देखिन्छ जसले बजारमा ट्रेन्ड रिभर्सलको सङ्केत गर्छ। यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा तल भएको छ तर ब्याण्ड भने खुम्चिन थालेको देखिन्छ जसले बजारमा उतारचढाव पनि  कम हुन थालेको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल –७७.६३  मा आएको छ र हिस्टोग्राम घटेर पोजिटिभ १८.८२ मा पुगेको छ जसले बजारमा खरिद घटिरहेको देखाउँछ ।  सिग्नल लाईन भने बढेर जिरो लाईन भन्दा तल –९६.०५ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र दुई डिएमआई लाईन एक अर्कादेखि टाढिन थालेको देखिन्छ जसले बजारमा खरिद घटेको बुझाउँछ। आरएसआइ ३९.२२  बाट घटेर  ३८.२० मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १८६० को एरिया हुन्छ भने  नेप्सेको अवरोध १९९० को एरिया देखिन्छ।

 

Comments

Back to top