३ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, गरिमा विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन गरेको हो । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि प्रतिकित्ता ५०३.५४ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ ३८७.९६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, गरिमा विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३३०.९७ रुपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।

Comments

Back to top