प्राइम कमर्सियल बैंकको कहिले बस्दैछ साधारण सभा ?

प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते साधारण सभा बोलाएको छ। सभा कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति सम्बन्धमा जानकारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Comments

Back to top