एकर्ड फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमाति माग्दै

एकर्ड फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ करोड ६ लाख ९० हजार ९०० रुपैयाँ बराबरको ७ लाख ६ हजार ९०९ कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ ।  कम्पनीले पुस ४ गते बोर्डमा आईपीओ निष्काशन गर्न अनुमति माग्दै आवेदन दिएको थियो । 

Comments

Back to top