नेपाल टेलिकमको लाभांश घोषणा

नेपाल टेलिकम कम्पनी लिमिटेडले शेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा पनि बोलाएको छ। कम्पनीले पुस २८ गते पन्ध्रौँ वार्षिक साधारण सभा डाकेको हो।  सभा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।


सभाले लाभांश प्रस्ताव पारित गर्ने,  लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
 

Comments

Back to top