दिव्यश्वरी हाइड्रोपावरले एकैपटक बोलायो चार साधारण सभा, के के छन् एजेण्डा ?
दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले पुस २७ गते सातौँ, आठौँ, नवौँ र दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा स्काई दरबार ब्याङ्कवेट, सिंहदरबार, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले पछिल्लो ४ आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्नेछ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने, साधारण सभा नहुँदाको अवस्थामा सञ्चालकको पदावधी सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने, समूह क र ख बाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको मनोनय वा निर्वाचन प्रक्रियाबाट पदपूर्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, पुस १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
Comments