हिमालयन उर्जाको कहिले बस्दैछ साधारण सभा ?

हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । कम्पनीले सभा अर्पण ब्यांक्वेट थापागाउँ नयाँबानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरू गर्नेछ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सुमन शर्मा चौलागाईलाई बाँकी कार्याकालको लागि सञ्चालक पदमा नियुक्त गरिएकोले सो को अनुमोदन पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको हो । यस आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

Comments

Back to top