नेप्सेमा करिब ५ अङ्कको गिरावट, कारोबार रकम ८६ करोड ३८ लाख!

आज बुधबार ५.८९ अङ्कले घटेर ०.३१ % गिरावटका साथ नेप्से परिसूचक १८६७.२२ अंकमा बन्द भएको छ। कारोबार भएका २५२  कम्पनीमध्ये ६३ कम्पनी उकालो लागेका छन्, १४०  कम्पनी ओरालो लागेका  छन् भने ९ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा आधिखोला लघुवित्त रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा पन्चकन्यामाई हाईड्रोपावर  रहेको छ, जसको सेयर मूल्य ६.२८% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोलुममा एनआइसी एशिया बैंकको कारोबार भएको छ।

Comments

Back to top