नेप्से इन्ट्राडे अपडेट: १.७१ अङ्कको वृद्धि!

आज नेप्से बजार १.७१ अंकले बढेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८७४  को नजिक आएको छ।  १.७१ अङ्कले  बढेर नेप्से परिसूचक १८७४.८२ मा आएको हो। आज २ घण्टामा लगभग ३६ करोड ९६ लाख  कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा आधिखोला लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सिटिजन्स म्युचल फन्ड-१ रहेको छ जसले ३.७८% गुमाएको छ।

Comments

Back to top