सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, विदेशमा रहेकाले आजसम्म भर्न मिल्ने

सुपरमाई हाइड्रोपावर लिमिटेडले स्थानीय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले मंसिर २१ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । अब आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा भएका नेपालीहरुका लागि निष्काशन गरेको शेयरमा भने आवेदन दिने आज पुस ६ गते अन्तिम दिन रहेको छ। कम्पनीले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो भने ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यसैगरी, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Comments

Back to top