सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज बुधबार पुस ६ गते अन्तिम दिन रहेको छ । यसेले साधारणसभा प्रयोजनाका लागि पुस ७ गते बिहीबार बुक क्लोज गर्ने भएको छ । त्यसैले, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।
सोल्टीले वार्षिक साधारणसभा यही पुस २८ गते डोकेको छ। सभा काठमाण्डौको नेपाल प्रज्ञा भवनमा बिहान ११ बजेबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित २६.३१५ लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद लाभांश छन्।
Comments