नेप्सेमा करिब १४ अङ्कको वृद्धि, ९३ करोड आठ लाख !

आज मंगलबार १४.२२ अङ्कले बढेर ०.७६ % वृद्धिका साथ नेप्से परिसूचक १८७३.११  अंकमा बन्द भएको छ। कारोबार भएका २५७  कम्पनीमध्ये १५२   कम्पनी उकालो लागेका छन्, ४६  कम्पनी ओरालो लागेका  छन् भने १३ कम्पनी स्थिर रहेका छन्।

 

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा आधिखोला लघुवित्त रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सनराइज  ब्लूचिप फण्ड  रहेको छ, जसको सेयर मूल्य ४.६७ % ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर नेपाल दूरसंचार कम्पनी लिमिटेड र भोलुममा  सिभिल बैंक लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top