नेप्से इन्ट्राडे अपडेट: १८.२५ अङ्कको वृद्धि!
आज नेप्से बजार १८.२५ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८७७ को नजिक आएको छ। १८.२५ अङ्कले बढेर नेप्से परिसूचक १८७७.१४ मा आएको हो। आज २ घण्टामा लगभग ४० करोड ३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा आधिखोला लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा बलेफी हाइड्रोपावर लिमिटेड रहेको छ जसले २.७५% गुमाएको छ।
Comments