युनाइटेड इन्स्योरेन्सको कहिले बस्दैछ साधारण सभा ?

युनाइटेड इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा पुस २७ गते  बोलाएको छ। सभा अनमोल ब्याङ्कवेट, शंखमुलमा बिहान ११ बजे शुरु हुनेछ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम सञ्चालक समितिको गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले पुस १७ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Comments

Back to top