आधिँखोला लघुवित्तको शेयर कारोबार फुकुवा
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आधिँखोला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आधारभुत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर प्रकृयामा रहेको लघुवित्तको शेयर कारोबार रोक्का रहेको थियो ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता भएपछि आधिँखोला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का रहेको थियो ।
Comments