बुद्धज्योतिलाई प्राप्तिपछि मिर्मिरे लघुवित्तको नामबाट शेयर सूचीकृत
मिर्मिर लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । साविकको बुद्धज्योति लघुवित्त वित्तीय संस्था प्राप्ति पश्चात कायम हुन आएको शेयर मिर्मिर लघुवित्तको नाममा नेप्सेमा सूचीकृत भएको हो ।
साविकको बुद्धज्योति लघुवित्त प्राप्ति पश्चात कायम हुन आएको ९१ हजार २०० कित्ता शेयर मिर्मिर लघुवित्तको नाममा सूचीकृत भएको हो । बुद्धज्योति लघुवित्तलाई मिर्मिरेले १ः०.७६ को अनुपातमा प्राप्ति गरेको थियो । प्राप्ति गर्न कायम हुने आएको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिने गरी नेप्सेमा सूचीकृत भएको हो ।
Comments