नेप्सेमा करिब ३ अङ्कको वृद्धि, कारोबार रकम ८८ करोड!
आज सोमबार ३.८३ अङ्कले बढेर ०.२१% वृद्धिका साथ नेप्से परिसूचक १८५८.८९ अंकमा बन्द भएको छ। कारोबार भएका २५१ कम्पनीमध्ये १२५ कम्पनी उकालो लागेका छन्, ७२ कम्पनी ओरालो लागेका छन् भने १४ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ९ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा धौलागिरी लघुवित्त रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा इस्टर्न हाईड्रो पावर लिमिटेड रहेको छ, जसको सेयर मूल्य ७.९७% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोलुममा प्राइम कम्मर्सिअल बैंक लिमिटेडको कारोबार भएको छ।
Comments