नेप्से इन्ट्राडे अपडेट: १ अङ्कको वृद्धि!
आज नेप्से बजार १.७७ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८५६ को नजिक आएको छ। १.७७ अङ्कले बढेर नेप्से परिसूचक १८५६.८३ मा आएको हो। आज २ घण्टामा लगभग ३४ करोड ५१ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा धौलागिरी लघुवित्त रहेको छ जसको ४.०३ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा ग्लोबल आइएमइ ब्यालेन्सड फन्ड-१ रहेको छ जसले ८.५५% गुमाएको छ।
Comments