सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेञ्चुरी कमर्सियल बैंकको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ १७६.६१ रूपैयाँ कायम भएको छ । नेप्सेले यसको अन्तिम कारोबार मूल्य १८५ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरेको हो । आज सोमबार समायोजित मूल्यलाई आधार मानेर यसको कारोबार खुल्नेछ ।
Comments