एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजन तथा लाभांश वितरणका लागि मंगलबार पुस ५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, आज पुस ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले लाभांश पारित गर्न पुस २० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्ष २०७८/७९को नाफा ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
Comments