नेप्सेमा करिब २७ अङ्कको गिरावट, कारोबार रकम एक अर्ब पन्ध्र करोड!
आज आइतबार २७.५४ अङ्कले घटेर १.४६ % गिरावटका साथ नेप्से परिसूचक १८५५.०६ अंकमा बन्द भएको छ। कारोबार भएका २५० कम्पनीमध्ये २५ कम्पनी उकालो लागेका छन्, १८० कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा इस्टर्न हाइड्रोपावर लिमिटेड रहेको छ, जसको ९.९९ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा रु रु जलविद्युत परियोजना लिमिटेड रहेको छ, जसको सेयर मूल्य १०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोलुममा कृषि विकास बैंक लिमिटेडको कारोबार भएको छ।
Comments