सानिमा बैंकको साधारण सभा आज, लाभांश प्रस्ताव पारित हुने
सानिमा बैंकको साधारण सभा आज आम्रपाली बैक्ङ्क्वेट, बालुवाटार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ। सभामा गत आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ
सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा,नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १९ गते बुकक्लोज गरेको थियो । तसर्थ, मंसिर १८ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Comments