सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनका लागि पुस ४ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज पुस ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

सभा पुस १४ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिर्स क्लबमा बिहान ९ बजेबाट सुरु जनाएको छ । सभाले गत आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद कुल ५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

सोही सभाले प्रभु बैंकसँगको १:१ सेयर स्वाप रेसियोमा मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा आर्थिक प्रतिवेदन पनि अनुमोदन गर्नेछ ।

Comments

Back to top