बाराही हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

काठमाडौं : बाराही हाइड्रोपावर कम्पनीको आईपीओ आज आइतबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्केटका अनुसार आज बिहान १० बजे आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा सेयर बाँडफाँट गर्ने तयारी गरिएको छ । यसमा मागभन्दा २६.९२ गुणा बढी आवेदन परेको छ । त्यसैले, गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ ।

कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यसमध्ये ५ प्रतिशत अर्थात् २७  हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । 

यसमा १२ लाख १६ हजार १५३ जनाले कुल १ करोड ३८ लाख ७१ हजार २२० कित्ताको लागि आवेदन दिएका छन् । सर्वसाधाणलाई छुट्याइएको ५ लाख १५ हजार २२० कित्ता सेयरका आधारमा ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले मात्र आइपीओ हात पार्नेछन् । 

Comments

Back to top