नेपाल इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

नेपाल इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। इन्स्योरेन्सले पुस २२ गते, शुक्रबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ७४ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०६ रुपैयाँको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, इन्स्योरेन्सको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने, उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले पुस ८ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Comments

Back to top