प्रभु बैंकको बोनस सेयरमा मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंकको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ६.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ १८९.५८ रूपैयाँ कायम भएको छ । नेप्सेले यसको अन्तिम कारोबार मूल्य २०१.९० रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरेको हो । आइतबार समायोजित मूल्यलाई आधार मानेर यसको कारोबार खुल्नेछ ।

Comments

Back to top