प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस कति ?
प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ८.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४ प्रतिशत बोनस सेयर र कर सहित ४.९५ प्रतिशत नगद लाभांश रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरि सो लाभांश वितरण गरिनेछ।
Comments