चिलिमे जलविद्युतको सेयरमूल्य समायोजन पछिको भाउ कति?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चिलिमे जलविद्युतको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ७.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ ३६२.७९ रूपैयाँ कायम भएको छ । नेप्सेले यसको अन्तिम कारोबार मूल्य ३९० रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरेको हो । आइतबार समायोजित मूल्यलाई आधार मानेर यसको कारोबार खुल्नेछ ।
Comments