नेप्सेमा करिब १४ अङ्कको गिरावट, कारोबार रकम एक अर्ब १९ करोड!
आज बिहिबार १४.४८ अङ्कले घटेर ०.७५% गिरावटका साथ नेप्से परिसूचक १८८२.६० अंकमा बन्द भएको छ। कारोबार भएका २५४ कम्पनीमध्ये २८ कम्पनी उकालो लागेका छन्, १६७ कम्पनी ओरालो लागेका छन् भने १५ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा रु रु जलविद्युत आयोजना लिमिटेड रहेको छ, जसको ९.९९ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा पिपुल्स हाईड्रोपावर रहेको छ, जसको सेयर मूल्य १०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमाको र भोलुममा नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक लिमिटेड प्रमोटर शेयर कारोबार भएको छ।
Comments