रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा
नेप्सेले मर्जरका कारण कारोबार बन्द रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको छ । कम्पनीको सेयर कारोबार आज बिहीबारदेखि पुनः सुरु हुनेछ । नेप्सेले इन्स्योरेन्सका आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो । सानिमा र रिलायन्स इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेको कारण यिनीहरुको सेयर कारोबार रोक्का थियो । सानिमा लाइफको भने यसअघि नै कारोबार फुकुवा भइसकेको छ ।
नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार यसको सेयर कारोबार फुकुवा गरेको हो ।
Comments