नेप्सेमा करिब २ अङ्कको गिरावट, कारोबार रकम करिब ७३ करोड!

आज बुधबार २.६२ अङ्कले घटेर ०.१४% गिरावटका साथ नेप्से परिसूचक १८९७.०८ अंकमा बन्द भएको छ। कारोबार भएका २४६ कम्पनीमध्ये ८१ कम्पनी उकालो लागेका छन्, १०८ कम्पनी ओरालो लागेका  छन् भने १७ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका ८ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा  सीवाइसी नेपाल लघुवित्त रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा  पिपल्स  हाईड्रोपावर रहेको छ, जसको सेयर मूल्य  १०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा नेपाल दूरसंचारको र भोलुममा   कृषि विकाश बैंक को कारोबार भएको छ।

Comments

Back to top