किम जोङ इल: एक शक्तिशाली कम्युनिष्ट नेता!

किम जोङ् इल उत्तर कोरियाका सर्वोच्च नेता एवं राष्ट्रपति थिए। किम जोङ इल सन् १९४२ मा उत्तर कोरियाको पेक्दु इलाकामा जन्मिएका थिए।

सन् १९९४ मा उत्तर कोरियाको सत्तामा आएका किम एक शक्तिशाली कम्युनिष्ट नेताको रूपमा विश्वचर्चित छन्। दक्षिण कोरियाली मिडियाहरूले उनलाई एक घमण्डी, आडम्बरी प्लेब्वायको रूपमा व्याख्या गर्ने गरेपनि दुनियाँका सबै शासकहरूले किमको व्यक्तित्त्वको प्रशंसा गर्ने गरेका छन्। उत्तर कोरियाको मानवअधिकार र अप्रजातान्त्रिक शासन प्रणालीको आलोचना हुँदै आएको छ। त्यही शासनको सुरुवात गर्ने नेता किम नै थिए ।

सत्तामा आएपछि उनले अन्तर्राष्ट्रिय समुदाय खासगरी चीनसँग सहयोगको अपिल गरे । केही सहयोग जुटाएर उनले देशको संकट केहीमात्रामा भएपनि निवारण गर्न सफल भए। किम चीनमा साम्यवादी सिद्धान्तको सरकारका बाबजुत बजार अर्थतन्त्रको सफल प्रयोगका विषयमा जान्न निकै उत्सुक थिए र पटकपटक यसै विषयमा बुझ्न चीन जाने गर्थे।

उनले सन् २००१ पछि उत्तर कोरियामा बजार अर्थतन्त्रको प्रयोग स्वरूप निजि उद्योग स्थापना गर्न अनुमति दिए। दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि समेत उनले केही प्रयास गरे । उनकै प्रयासमा सन् २०००मा दक्षिण कोरियासँग शिखर वार्ता भयो, जुन सन् १९५३ को युद्धपछिको पहिलो वार्ता थियो । यो वार्ताले युद्धबाट बिछोडिएका परिवारको पुनर्मिलन लगायत अरु सम्बन्ध सुधारका विषयमा पनि सफलता प्राप्त गर्यो ।
 
कट्टर कम्युनिष्ट मुलुक उत्तर कोरियाका सर्वोच्च नेता एवं राष्ट्रपति किम जोङ् इलको निधन सन २०११ डिसेम्बर १९का दिन भएको थियो । उत्तर कोरियाली सरकारी टेलिभिजनले नेता किमको ६९ वर्षको उमेरमा राजधानी प्योङयाङ बाहिर यात्राका क्रममा निधन भएको जानकारी दिएको थियो ।

यसरी, आफ्नो देह छोडे पनि उत्तर कोरियाली राजनीतिज्ञ किम एक शक्तिशाली कम्युनिष्ट नेताको रूपमा विश्वचर्चित छन्। 

Comments

Back to top