नेप्सेमा तीन कम्पनीको आईपीओ सूचीकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार तीन कम्पनीहरुको आईपीओ सूचीकृत भएको छ । एक्सचेञ्जमा श्रृजनशील लघुवित्त, पिपुल्स हाइड्रोपावर र इष्टर्न हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो। श्रृजनशील लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि ३०२ रुपैयाँदेखि ९०६ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। लघुवित्तको एसएचएलबि संकेतमा कारोबार हुनेछ।
त्यस्तै, पिपुल्स हाइड्रोपावरको ३ करोड २० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको कारोबार संकेत पिएचसिएल रहेको छ ।
त्यसैगरी, इष्टर्न हाइड्रोपावरको ६२ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ७२ रुपैयाँ ३३ पैसादेखि २१६ रुपैयाँ ९९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर ईएचपिएल संकेतमा कारोबार हुनेछ।
Comments