नेप्से इन्ट्राडे अपडेट: ११.५९ अङ्कको गिरावट!
आज नेप्से बजार भारी अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८९० को नजिक आएको छ। ११.५९ अङ्कले घटेर नेप्से परिसूचक १८९०.६८ मा आएको हो। आज २ घण्टामा लगभग ३३ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा सि वाई सी एल नेपाल लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा लक्ष्मी इकुइटी फण्ड रहेको छ जसले ४.५५ % गुमाएको छ।
Comments