अघि बढ्याे अपर तामाकोशीको हकप्रद निष्कासन प्रकृया, बिक्री प्रबन्धक नियुक्त

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले हकप्रद जारी गर्न बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटललाइ नियुक्त गरेको छ ।कम्पनीले १ः१ को अनुपातमा १०० रुपैयाँ अंकित दरले हुने १० करोड ५९ लाख कित्ता हकप्रद सेयरक निष्कासन गर्दैछ ।

नागरिक लगानी कोष र अपर तामाकोशीबीच हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नका लागि मंसिर २६ गते दुईपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो। नागरिक लगानी कोषले आफू मुख्य निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्नेछ भने सनराइज क्यापिटललाई सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरिएको छ ।

Comments

Back to top