नेप्सेमा करिब १६ अङ्कको वृद्धि, कारोबार रकम करिब १ अर्ब ३६ करोड!
आज सोमबार १६.९६अङ्कले बढेर ०.९० % वृद्धिका साथ नेप्से परिसूचक १९०२.२७ अंकमा बन्द भएको छ। कारोबार भएका २४५ कम्पनीमध्ये १५८ कम्पनी उकालो लागेका छन्, ४१ कम्पनी ओरालो लागेका छन् भने ७ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा समीट लघुवित्त रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आईएमई ब्यालेन्स फन्ड-१ रहेको छ, जसको सेयर मूल्य ९.९३ % ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा नबिल बैंक लिमिटेड र भोलुममा कुमारी बैंक लिमिटेड प्रमोटर शेयरको कारोबार भएको छ।
Comments