एभरेष्ट बैंकको साधारण सभा आज, के के छन् एजेण्डा ?
एभरेष्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा आज सोमबार मंसिर २६ गते लैनचौर बैक्ङ्क्वेट, लैनचौर काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुँदैछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.६८ प्रतिशत नगद गरी कुल २०.६८ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १३ गते बुकक्लोज गरेको थियो । मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Comments