नबिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
नबिल बैंकले लाभांश घोषणा गरेका छ । बैंकको आइतबार बसेका सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को नाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजीको १८.५ प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित ११.५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हो। बैंकले गत वर्ष ३८ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
Comments