नेप्सेमा करिब ३१ अङ्कको गिरावट, कारोबार रकम करिब १ अर्ब १० करोड!

आज आइतबार ३१.९७अङ्कले घटेर १.६७% गिरावटका साथ नेप्से परिसूचक १८८५.३१ अंकमा बन्द भएको छ। कारोबार भएका २५३ कम्पनीमध्ये २५ कम्पनी उकालो लागेका छन्, १८० कम्पनी ओरालो लागेका  छन् भने ३ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा  सीवाइसी नेपाल लघुवित्त रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा नदेप लघुवित्त रहेको छ, जसको सेयर मूल्य १०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर  र भोलुममा  शिवम् सिमेन्टको कारोबार भएको छ।

Comments

Back to top