नेप्से इन्ट्राडे अपडेट: २२ अङ्कको गिरावट!

आज नेप्से बजार भारी अंकले घटेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८९५ को नजिक आएको छ। २२.८१ अङ्कले घटेर नेप्से परिसूचक १८९४.४७  मा आएको हो। आज २ घण्टामा लगभग ४८ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको सिवाइसी नेपाल लघुवित्त रहेको  छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा नाडेप लघुवित्त रहेको छ जसले १०% गुमाएको छ।

Comments

Back to top