लाभांश प्रस्ताव पारित गर्न एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्यो साधारण सभा
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस २० गते दशौँ साधारण सभा बोलाएको हो।
सो सभा आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, काठमाडौँमा तथा विद्युतिय माध्यम (जुम) मार्फत बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार ७०० रुपैयाँको ५.२६ प्रतिशतका दरले ६ करोड ४३ लाख ४० हजार ९३५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लेखापरीक्षण समिति लगायतका अन्य उपसमितिहरुको बैठक भत्ता निर्धारण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ५ गतेका दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Comments