सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारदेखि किनबेच गर्न सकिने
नेप्सेले मर्जरका कारण कारोबार बन्द रहेको सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको छ । कम्पनीको सेयर कारोबार आइतबारदेखि पुनः सुरु हुनेछ । नेप्सेले इन्स्योरेन्सका आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो । सानिमा र रिलायन्स इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेको कारण यिनीहरुको सेयर कारोबार रोक्का थियो ।
नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार यसको सेयर कारोबार फुकुवा गरेको हो ।
Comments