समिट लघुवित्तको सेयर कारोबार फुकुवा

नेप्सेले समिट लघुवित्तको सेयर कारोबार फुकुवा गरेको छ । यसको सेयर कारोबार आइतबारदेखि पुनः सुरु हुनेछ । नेप्सेले संस्थाको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो । नेशनल माइक्रोफाइनान्ससँग मर्ज प्रक्रियामा रहेका कारण यसको सेयर कारोबार असोज २७ गते देखि रोक्का रहेको थियो।

‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार संस्थाको सेयर कारोबार फुकुवा गरिएको हो ।

Comments

Back to top