स्टारलिङ्कको इन्टरनेटले अन्टार्कटिकाको विकट क्षेत्रमा पनि काम गर्छ: एलन मस्क

एलन मस्क, ट्वीटर तथा स्टारलि‌ङ्कका मालिकले स्टारलिङ्कको इन्टरनेट अन्टार्कटिका महादेशको विकट ठाउँमा पनि चल्ने दाबी गरेका छन्।  

जिम्मी डोनाल्डसन युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर भएका कन्टेन्ट क्रियटर सोमबार एक ट्वीट गर्दै आफूले पछिल्लो हप्ता अन्टार्कटिका क्षेत्रमा इन्टरनेट बिना बिताएको उल्लेख गरेका थिए । मस्कले उक्त ट्वीटको रिप्लाई दिँदै भने, "स्टारलिङ्कले अन्टार्कटिकाको सबैभन्दा दुर्गम क्षेत्रहरूमा पनि काम गर्छ ।"

गत सेप्टेम्बर १४ बाटै स्टारलिङ्कको सेवा अन्टार्कटिका क्षेत्रमा उपलब्ध हुँदै आएको छ । एलन मस्क र नेसनल साइन्स फाउन्डेसन (एनएसएफ) काे सहकार्यमा पृथ्वीको सबैभन्दा चिसो भाग (अन्टार्कटिका) मा इन्टरनेट उपलब्ध गराइएको हो। अन्टार्कटिकामा रहेको म्याकमर्डो स्टेसनमा करिब हजार जना बसोबास तथा काम गर्ने गर्छन्।

युनाइटेड स्टेट अन्टार्कटिका प्रोग्रामका अनुसार त्यहाँ हरेकसँग १७ एमबीपीएस इन्टरनेट उपलब्ध हुँदै आएको थियो। स्टारलिङ्क उपलब्ध भएसँगै उनीहरूले पहिलेको इन्टरनेटभन्दा उत्कृष्ट भएकाे उल्लेख गरिएको छ । स्टारलिङ्कले ५० देखि २०० एमबीपीएसम्म इन्टरनेट स्पीड उपलब्ध गराउने बताइएको छ।

Comments

Back to top