नेशनल माइक्रोफाइनान्स र नाडेप लघुवित्तको सेयर कारोबार फुकुवा, आजबाट किन बेच गर्न सकिने
नेप्सेले नेशनल माइक्रोफाइनान्स र नाडेप लघुवित्तको सेयर कारोबार फुकुवा गरेको छ । यी दुई संस्थाको सेयर कारोबार आज बुधबारदेखि सुरु हुनेछ । नेप्सेले संस्थाका आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो । डिप्रोक्स लघुवित्तसँग मर्ज हुन लागेको नाडेप लघुवित्त र समिट लघुवित्तसँग मर्ज हुन लागेको नेशनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का गरिएको थियो।
‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार संस्थाको सेयर कारोबार फुकुवा गरेको हो ।
Comments