बाराही हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आज बुधबार (मंसिर २१ गते)देखि सर्वसाधारणहरुका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ५ लाख ५४ हजार कित्ता सेयर निष्काशन गरेको छ । सोमध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याईएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
यो आईपीओमा लगानीकर्ताले मंसिर २६ गते आवेदन दिन सक्नेछन् । सो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा भने पुस ६ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएससीको मेरो सेयर वेबसाइट वा एपबाट पनि सि आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ।
Comments