नेप्सेमा करिब ४ अङ्कको गिरावट, कारोबार रकम ९६ करोड ५२ हजार मात्र!

आज सोमबार ४.८७ अङ्कले घटेर ०.२५%  गिरावटका साथ नेप्से परिसूचक १९३३.८८ अंकमा बन्द भएको छ। कारोबार भएका २३८ कम्पनीमध्ये ७८ कम्पनी उकालो लागेका छन्, १०९ कम्पनी ओरालो लागेका  छन् भने १२ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा धौलागिरी लघुवित्त रहेको छ, जसको ८.१७% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा एनएमबि रहेको छ, जसको सेयर मूल्य ६.०७% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा  र भोलुममा शिवम् सिमेन्ट्स कम्पनीको कारोबार भएको छ।

Comments

Back to top