निफ्राले मंसिर २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले मंसिर २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई उर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ । यसमा वार्षिक ७ प्रतिशत ब्याज पाइनेछ । ५० लाख इकाई मध्ये ६० प्रतिशत अर्थात, ३० लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ । बाँकी ४० प्रतिशत अर्थात २० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्काशन गरिने छ । सर्वसाधारणका लागि छुट्यायको २० लाख युनिटको ५ प्रतिशत अर्थात १ लाख कित्ता सामुहिक लगानी कोषहरुलाई र बाँकी रहेको १९ लाख युनिट सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
बैंकले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र २०८५–८६’ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । यस ऋणपत्रमा पुस ४ गतेसम्म आवेदन दिन पाइनेछ ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने पुस १४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
Comments